• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
फाइल तस्वीर

६ वैशाख, काठमाडौं । नेपालबाट कामको खोजीमा चैत महिनामा झन्डै ७१ हजार नेपाली विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चैतमा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या हो । यो संख्या गत वर्ष चैतको तुलनामा समेत धेरै हो ।

विभागका अनुसार २०७९ चैतमा ६१ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका थिए । यस आवको मंसिरमा जारी ६८ हजार २०१ श्रम स्वीकृति जारी भएको थियो । त्यसपछि चैतमा धेरै श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा उल्लेख छ ।

चैत २०८० मा यूएईमा मात्र १७ हजार ८१८ जना नेपाली विदेशिएका छन् । साउदी अरेबियामा १३ हजार ६४१ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा १२ हजार ६०२, कतारमा ११ हजार २०४ र कतारमा ४ हजार ७६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस महिनामा रोमानियामा २२ सय ९९, जापानमा १३ सय ५१, बहराइनमा ९६४, क्रोएसियामा९६०, साइप्रसमा ७८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

यससँगै ९ महिना (साउन–चैत)को अवधिमा नेपालबाट कामको खोजीमा विदेशिनेको संख्या ५ लाख ३९ हजार ६९ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा केही कम हो । गत वर्षको ९ महिनामा ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका थिए ।

कुन महिनामा कतिले लिए श्रम स्वीकृति ?

    • साउन : ५५,५७५
    • भदौ : ५०,८८४
    • असोज : ५६,२३५
    • कात्तिक : ४३,६२२
    • मंसिर : ६८,२०१
    • पुस : ६५,८१३
    • माघ : ६२,१४७
    • फागुन : ६५,६५८
    • चैत : ७०,९३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

Adblock test (Why?)